INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भोजपुर नगरपालिका-६ देउरालीकी ४६ वर्षीया अम्बिका श्रेष्ठ राईलाई लाठीले कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४७ वर्षीय पति नारदमनी राईलाई साउन २० गते गिरफ्तार गरेको छ ।

आरोपितले पत्नीलाई साउन १८ गते कुटपीट गरी हत्या गरेको आरोपमा प्रहरीमा उजुरी परेको थियो । मृतक अम्बिकाको शरीरमा निल, डाम रहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा राखिएको छ ।

अन्य

भिडियो