INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा बिरामी मर्कामा

चौतारा सागाचोकगढी नगरपालिका-७ स्थित सानोसिरुवारी स्वास्थ्य चौकीमा प्रयाप्त औषधिहरू नहुँदा स्वास्थ्य चौकीमा उपचारको लागि आउने बिरामी मर्कामा परेका छन् ।

चिसोका कारणले गाउँमा विभिन्न रोगहरूको माहामारी छ, तर स्वास्थ्य चौकीमा प्रयाप्त औषधिहरूको अभावले स्थानीयहरू मर्कामा परेको स्थानीय कृष्ण न्यौपानेले बताउनु भयो । न्यौपानेका अनुसार स्वास्थ्य चौकीमा स्वास्थ्य कर्मीहरूको उपस्थिति भए पनि औषधिको अभावका कारण बिरामीहरू स्थानीय मेडिकलमा गएर औषधि किन्न बाध्य भएका छन् ।

जिल्लामा रहेका स्वास्थ्य संस्थाहरूमा औषधिको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारको भएकाले जिल्लाबाट औषधि पठाउन नसकिएको जिल्ला जनस्वास्थ्य प्रमुख अनुप अधिकारीले बताउनु भयो । ‘सुविधा सम्पन्न भवन छ, तर त्यो स्वास्थ्य संस्थाको भवनमा औषधिको अभाव छ, के गर्नु त्यो आलिसान भवनले ?’, स्वास्थ्य चौकीमा औषधि नपाएर गर्दै स्थानीय सुमन श्रेष्ठले भन्नुभयो ।

चौतारा सागाचोकगढी नगरपालिका-७ का वडा अध्यक्ष डम्बर तामाङले ठूला चाडपर्वका कारण स्वास्थ्य चौकीमा औषधिको अभाव भएको बताउनु भयो । अब छिट्टै आवश्यक औषधिको व्यवस्थापन गरिने उहाँले इन्सेकलाई जानकारी दिनुभयो ।

नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकारको सुनिश्चितता गरिएको भए पनि सानोसिरुवारी स्वास्थ्य चौकीमा प्रयाप्त औषधिहरू नहुँदा स्वास्थ्य चौकीमा उपचारको लागि आउने बिरामी मर्कामा परेका हुन् ।

अन्य

भिडियो