INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुल्मी जिल्ला रेसुंगा नगरपालिका–१० सिखेधारा टोल बस्ने २५ वर्षीय रामबहादुर घर्ती थापालाई कात्तिक २३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले कात्तिक २२ गते प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २३ गते उजुरी जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीमा उजुरी दिएको जिल्ला  प्रहरी कार्यालयका इन्स्पेक्टर बिक्रम रिजालले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आरोपितलाई जिल्ल अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक २३ गते अर्घाखाँची अस्पताल, सन्धिखर्कमा गरिएको छ ।

 

 

अन्य

भिडियो