INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार कसुरमा १८ वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई ०७९ फागुन २१ गते बलात्कार गरेको आरोपमा गोरखा अजिरकोट गाउँपालिका– ५ का २९ वर्षीय दिपेन्द्र विकलाई पर्वत जिल्ला अदालतले १८ वर्ष कैद र ७ लाख रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।

न्यायधिश आनन्दप्रसाद श्रेष्ठको कात्तिक २१ गतेको इजलासले  आरोपितलाई कैद सजाय र जरिबाना सँगै पीडितलाई ३० हजार रुपियाँ र पीडित राहत कोषमा २८ हजार रुपियाँ भराउन समेत आदेश दिइएको छ ।

पर्वत जिल्ला अदालतका श्रेष्तेदार राजु ढुंगानाका अनुसार आरोपित विकलाई ०७९ चैत २ गतेदेखि  पुर्पक्षाका लागि थुनामा राखिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७९ फागुन २२ गते पर्वत अस्पतालमा भएको थियो ।

अन्य

भिडियो