चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ वर्षीया बालिको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले बाँके जिल्ला खजुरा गाउँपालिका–४ का २३ वर्षीय रहिस खाँलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ ।
बालिकालाई आरोपितले कात्तिक १६ गते बलात्कारपछि हत्या गरेर स्थानीय हुँग्दीखोलामा फालेको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी नविनकिशोर प्रधानले जानकारी दिनुभयो ।
बालिका कात्तिक १७ गते बिहान नग्न र खोलामा डुबेको अवस्थामा फेला परेकी मृतककी आमाले बताउनु भयो ।
छोरी आफूसँगै खेतमा काम गर्न गएको र खेतबाट खेतलालाई सुर्ति किन्न पसल गएपछि फर्किएर नआएको आमाले मृतककी आमाले बताउनु भयो ।
मृतक प्षले कात्तिक १८ गते आरोपितविरूरुद्ध जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दर्ता गरेका थिए ।
शवको पोष्टमार्टम कात्तिक १८ गते गुल्मी अस्पताल तम्घासमा गरि शव आफन्तलाई बुझाइएको छ ।