INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभाव :इलाका प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी पौडेल

कर्मचारी अभावले इलाका प्रशासन कार्यालय सर्केगाडमा दुई महिनादेखि नागरिकता वितरण रोकिएपछि असोज ४ गते इन्सेक अनलाइनमा डेढ महिनादेखि कर्मचारी नहुँदा सर्केगाड इलाका प्रशासन कार्यालय बन्दः सेवाग्राही मर्कामा, शीर्षकको समाचार प्रकाशन भएको थियो । लामो समयदेखि नागरिकता वितरण कार्य रोकिएपछि इन्सेक अनलाइनमा प्रकाशित समाचार प्रभावका कारण आफू कात्तिक १८ गतेबाट इलाका प्रशासन कार्यालयमा पुगेर नागरिकता वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनुभयो ।

सरकारले स्थापना गरेको इलाका प्रशासन कार्यालयमा अधिकृत नभएको भन्दै नागरिकता वितरण रोकिएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले गृहमन्त्रालयलाई अधिकृत खटाउन आग्रह गरे पनि अधिकृत नखटाएपछि आफु इलकामा सेवा दिन लागेको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ ।

इलाका प्रशासन कार्यालय सर्केगाडमा शाखा अधिकृत भिमबहादुर रोकायालाइ आर्थिक अधिकार मात्रै दिएको र नागरिकतामा हस्ताक्षर अधिकार नदिएपछि दुई महिनादेखि हुम्लाका चार वटा गाउँपालिका चंखेली, अदानचुली, ताँजाकोट र सर्केगाडका स्थानीय नागरिक नागकरिकता बनाउनबाट बञ्चित भएको स्थानीय छवि थापाले गुनासो गर्नुभयो ।

उक्त नागरिकता बनाउने प्रमुख नभएपछि हाल चारवटा गाउँपालिकाका स्थानीय नागरिकले करीव ३ देखि ५ दिन लगाएर सदरमुकाम सिमकोट धाउनु पर्ने बाध्यतालाई केही कमगर्न सक्ने प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ ।

अन्य

भिडियो