INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार  घटनाका आरोपितहरु विरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई सामुहीक यौन दुर्व्यवहार गरेका घटनाका आरोपितहरु मिर्चैया नगरपालिका–४ का ३० वर्षीय विशाल मुखिया, २८ वर्षीय रंजित मुखिया, ३२ वर्षीय सुन्दर मुखिया, २९ वर्षीय मनोज मुखिया र १९ वर्षीय जेएस खानविरुद्ध परेको उजुरी इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० कात्तिक १६ गते दर्ता गरेको छ ।

आरोपितहरुले युवतीलाई कात्तिक ५ गते यौन दुर्व्यवहार गरेको र गाउँमै घटना मिलाउने प्रयास गर्दा उजुरीमा ढिलाइ भएपनि आरोपितहरुलाई कारबाहीको लागि कात्तिक १५ गते उजुरी दिएको युवतीकी आमाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा कात्तिक १५ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतका अनुसार घटनाका आरोपितहरु फरार रहेकोले खोज तलास भइरहेको बताउनु भयो ।

अन्य

भिडियो