INSEC Online

📅 २०८३ जेष्ठ २१

न्यायको पहलका लागि बोक्सी घटनाका पीडितद्वारा इन्सेकमा निवेदन

औरही गाउँपालिका-१ झिटकैहीया की बोक्सी घटनाकी पीडित ५५ वर्षीया बिल्टी देवी यादवलाई न्यायको लागि पहल गरिदिन हुन पीडित पक्षले इन्सेक मधेस प्रदेश कार्यालय जनकपुरधाममा ०८० कात्तिक १५ गते निवेदन दिनु भएकाे छ ।

पीडितलाई असोज ११ गते राति औरही गाउँपालिका-१ झिटकैहीया का ३२ वर्षीय रामनाथ यादव र उनका ४० वर्षीय दाजु रामजी यादवले बाक्सीकाे आरोपमा कुटपिट गरी घाइते बनाएको भन्दै पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा असोज १२ गते उजुरी दिएपनि न्याय नपाएको हुँदा न्याय को लागि पहल गरिदिन हुन इन्सेक मधेस प्रदेश कार्यालय जनकपुरधाममा निवेदन दिएकाे पीडितले बताउनु भयाे ।

पीडितको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा असोज ११ गते राती भएको थियो ।

आरोपित रामनाथको ६ महिनाको छोरा बिरामी भएपछि सोही वडाका पुलगेन यादवको पत्नी धामीझाँक्रीले बिल्टी देवीले बोक्सी लगायको भने पछि आरोपित दुबैजनाले खुकुरी र भाटा लिएर पीडित बिल्टी देवीलाई कुटपिट गरेको पनि प्रहरी प्रशासनले घटनालाई वेवास्ता गरेएकोले न्यायका लागि पहल गरिदिन हुन पीडितले निबेदन दिनु भयो ।

WhatsApp Image 2023-11-02 at 5.50.49 PM

अन्य

भिडियो