२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनगढी उपमहानगरपालिका–१५ का २७ वर्षीय सनी चौधरी विरुद्ध पीडित पक्षले ०८० कात्तिक १३ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिनुभएको छ ।
पीडित महिलालाई आरोपितले ललाईफकाई विवाहको प्रलोभनमा पारी कात्तिक ५ गते बलात्कार गरेकोले आरोपित विरुद्ध कात्तिक १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितका बुवाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित पक्षले आरोपित विरुद्ध जबरजस्तीकरणी अन्तर्गत उजुरी दिनुभएको भए पनि आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी कुलदिप चन्दले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १३ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।