INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनगढी उपमहानगरपालिका–१५ का २७ वर्षीय सनी चौधरी विरुद्ध पीडित पक्षले ०८० कात्तिक १३ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिनुभएको छ ।

पीडित महिलालाई आरोपितले ललाईफकाई विवाहको प्रलोभनमा पारी कात्तिक ५ गते बलात्कार गरेकोले आरोपित विरुद्ध कात्तिक १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितका बुवाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षले आरोपित विरुद्ध जबरजस्तीकरणी अन्तर्गत उजुरी दिनुभएको भए पनि आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी कुलदिप चन्दले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १३  गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।

अन्य

भिडियो