INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट गरी हत्या घटनाको आरोपित गिरफ्तार

बाँफिकोट गाउँपालिका– १० मयरी का ७० वर्षीय अलबहादुर बुढाको हत्या गरेको आरोपमा सोही गाउँका ६५ बर्षिय मनबहादुर बुढालाई प्रहरीले कात्तिक १० गते गिरफ्तार  गरेको छ ।  ।

आरोपितले कात्तिक ५ गते मयरी गाउँमा सामान्य विवाद हुँदा कुटपिट गरेर घाईते बनाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नमराज भट्टराईले जानकारी दिनुभयो।

घाईतेलाई जिल्ला अस्पताल सल्लेमा उपचारपछि थप उपचारको लागि कात्तिक ८ गते मेडिकल कलेज, कोहलपुर ल्याएको थियो । उपचारकै क्रममा कात्तिक १० गते मृत्यु भएको थियो ।

पीडित पक्षले कात्तिक १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

शवको पोष्टमार्टम कात्तिक १० गते जिल्ला अस्पतालमा भएको थियो ।

हत्या आरोपित विरुद्ध कर्तव्य ज्यान शिर्षकमा मुद्दा दायर गरी जिल्ला अदालतबाट म्याद थप गरेर हिरासतमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको डिएसपी भट्टराईले बताउनुभयो।

अन्य

भिडियो