२८ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले धुर्कोट गाउँपालिका–६ का ३० वर्षीय शेरबहादुर थापाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा कात्तिक १० गते उजुरी दर्ता गराएका छन् ।
पीडितलाई आरोपितले ०८० असोज ६ गते घर नजिकै बलात्कार गरेका पीडित पक्षले उजुरी दिएको प्रहरीले जनाएको छ ।
परिवारलाई डरधम्की आएकाले लामो समय घटना कसैलाई भन्न नसकिएको परिवारका एक सदस्यले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
आरोपित फरार रहेकोले खोजीकार्य अगाडि बढेको जिल्ला प्रहरी कार्यालयका एसपी नविनकिशोर प्रधानले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक १० गते गुल्मी अस्पताल, तम्घासमा गरिएको छ ।