INSEC Online

📅 २०८३ जेष्ठ २२

मानव बेचबिखन तथा ओसारपसार कसुरमा दुई वर्ष कैदको फैसला

३७ वर्षीया महिलालाई जागिरको प्रलोभन देखाएर यौन शोषण गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले देवदह नपा–६ का २५ वर्षीय सुस्मिता थापा मगरलाई असोज २३ गते दुई वर्ष कैद सजायको फैसला गरेको छ  ।

जिल्ला अदालतका न्यायधीश उमेश कोइरालाको इजलासले कसुर ठहर गर्दै गरी दुई वर्ष कैद सजाय र १ लाख रूपियाँ पीडितलाई क्षतिपूर्ति दिने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताउनु भयो ।

पीडितलाई आरोपितले ०७९ माघ १ गते यौन शोषण गरी देहव्यपारमा लगाएको आरोपमा पीडितले ०८० वैशाख १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरूद्ध मानव बेचबिखन तथा ओसारपसार अभियोगमा जेठ ६ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतको जेठ ७ गतेको आदेश अनुसार आरोपित पुर्पक्षका लागि पाल्पा कारागर थुनामा रहेका थिए ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १७ गते भीम अस्पताल, भैरहवामा गरिएको थियो ।

अन्य

भिडियो