३७ वर्षीया महिलालाई जागिरको प्रलोभन देखाएर यौन शोषण गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले देवदह नपा–६ का २५ वर्षीय सुस्मिता थापा मगरलाई असोज २३ गते दुई वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायधीश उमेश कोइरालाको इजलासले कसुर ठहर गर्दै गरी दुई वर्ष कैद सजाय र १ लाख रूपियाँ पीडितलाई क्षतिपूर्ति दिने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७९ माघ १ गते यौन शोषण गरी देहव्यपारमा लगाएको आरोपमा पीडितले ०८० वैशाख १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरूद्ध मानव बेचबिखन तथा ओसारपसार अभियोगमा जेठ ६ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतको जेठ ७ गतेको आदेश अनुसार आरोपित पुर्पक्षका लागि पाल्पा कारागर थुनामा रहेका थिए ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख १७ गते भीम अस्पताल, भैरहवामा गरिएको थियो ।