१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–१० फुलबारीका २२ वर्षीय करण थारूलाई असोज २३ गते घरबाट गिरफतार गरेको छ ।
पीडितलाई आरोपितले ०८० साउन ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २१ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर अनिल पण्डितले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोजं २१ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएकोे छ ।