INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–१० फुलबारीका २२ वर्षीय करण थारूलाई असोज २३ गते घरबाट गिरफतार गरेको छ ।

पीडितलाई आरोपितले ०८० साउन ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २१ गते इलाका प्रहरी कार्यालय  सालझण्डीमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर अनिल पण्डितले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोजं २१ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएकोे छ ।

अन्य

भिडियो