११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १४ वर्षीय बालकलाई असोज २४ गते ६ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश श्रीकृष्णजंग शाहको इजलासले ६ महिना कैद सजाय र पीडित बालिकालाई सरकारी राहत कोषबाट ५० हजार रूपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका नायब शुब्बा रामप्रसाद आचार्यले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७९ फागुन २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७९ चैत १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले चैत १४ गते घरबाट गिरफ्तार गरी अनुसन्धान पछि चैत २८ गते जिल्ला सरकारी वकिल कार्यालयमार्फत जबरजस्ती करणी अभियोगमा अदालतमा मुद्दा दर्ता भएको थियो । अदालतले आरोपित बालकलाई अभिभावकको जिम्मा लगाएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १४ गते अर्घाखाँची अस्पताल सन्धिखर्कमा गरिएको थियो ।