१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत विहार जिल्ला छपारा ग्राम फरिदपुरा स्थायी घरभई बुटवल उपमहानपा–११ बस्ने २२ वर्षीय रोशन अलिलाई असोज १९ गते कृष्णनगरबाट गिरफतार गरेको छ ।
पीडितलाई आरोपितले असोज ६ गते विवाह गर्ने प्रलोभन देखाएर घुम्न जाउ भनी लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १९ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसी दानबहादुर थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोजं १९ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएकोे छ ।