INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत विहार जिल्ला छपारा ग्राम फरिदपुरा स्थायी घरभई बुटवल उपमहानपा–११ बस्ने २२ वर्षीय रोशन अलिलाई असोज १९ गते कृष्णनगरबाट गिरफतार गरेको छ ।

पीडितलाई  आरोपितले असोज ६ गते विवाह गर्ने प्रलोभन देखाएर घुम्न जाउ भनी लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १९ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसी दानबहादुर थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोजं १९ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएकोे छ ।

अन्य

भिडियो