INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले अर्जुनधारा नगरपालिका-६ का ४५ वर्षीय चन्द्रप्रसाद गौतमलाई १८ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश भीमप्रसाद निरौलाको ०८० असोज १० गतेको इजलासले कसुर गरेको ठहर गर्दै १८ वर्ष कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी गायत्री बाहृकोटीले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७९ असोज ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७० कात्तिक १८ गते इलाका प्रहरी कार्यालय, अनारमनीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले कात्तिक १८ गते गिरफ्तार गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मङ्सिर १२ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवको ०७९ मङ्सिर १३ गतेको आदेशमा आरोपित पुर्पक्षका थुनामा थिए ।

पीडितको बालिकाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पताल, भद्रपुरमा ०७९ मङ्सिर ६ गते गरिएको थियो ।

अन्य

भिडियो