INSEC Online

📅 २०८३ जेष्ठ २१

महानगरपालिकाद्वारा लक्षित वर्गका लागि निशुल्क एम्बुलेन्स सेवाको सुरूआत

विराटनगर महानगरपालिकाले  लक्षित वर्गको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले निःशुल्क एम्वुलेन्स सेवाको सुरूआत गरेको छ ।

सुत्केरी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू र न्यून आय भएका नगरवासीलाई  महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको छ ।

विराटनगर महानगरपालिककी कार्यवहार मेयर शिल्पा निराला कार्कीले ०८० असोज १६ गते एम्बुलेन्स सेवाको उद्घाटन गरी महानगरपालिकाले सुत्केरी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू र न्यून आय भएका नगरवासीलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने बताउनु भयो ।

उपमेयर कार्कीले महानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने संस्थागत प्रसूतिका लागि एम्बुलेन्स सेवा निशुल्क हुने, त्यस्तै ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, रातो र निलो कार्ड प्राप्त गरेका अपाङ्गता भएका व्यक्तिका साथै न्यून आय भएका महानगरवासीलाई निशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराइने भएको छ ।

दुई ओटा एम्बुलेन्समार्फत सेवा प्रदान गरिने उपमेयर कार्कीले बताउनु भयो । लक्षित वर्गबाहेक विराटनगर महानगरपालिका क्षेत्रभित्र एम्बुलेन्स सेवा प्रयोग गरेबापत अन्य नगरवासीलाई पनि सहुलियत दरमा एम्बुलेन्सले सेवा दिने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले सञ्चालन गरेको एम्बुलेन्स विराटनगर बाहिरबाट बिरामी ल्याउनका लागि प्रयोग नगरिने स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले बताउनु भयो  ।

स्वास्थ्य महाशाखा प्रमुख अलिले विराटनगर महानगरपालिकाले लक्षित वर्ग र नगरवासीलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले एम्बुलेन्स सेवा सुरूआत गरेको बताउनु भयो । उहाँले  विराटनगर बाहिर बिरामी लानु परेमा जिल्ला एम्बुलेन्स सेवा शुल्क निर्धारण समितिले प्रस्ताव गरेबमोजिम सेवा शुल्क लाग्ने बताउनु भएको छ ।

Photo 202301006 Morang

अन्य

भिडियो