१७ वर्षीया बालिकालाई बलात्कार गरी बच्चा जन्माएको आरोपमा सर्केगाड गाउँपालिका–३ उनापानीका १९ वर्षीय विकेस रावतविरुद्ध ०८० असोज १४ गते प्रहरीमा उजुरी दर्ता भएको छ ।
सर्केगाड गाउँपालिका–३ उनापानी गाउँमै ०७९ माघ १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आराेपितविरुद्ध ०८० असोज १४ गते उजुरी गरेको र सोही दिन मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भिमलाल भट्टराईले जानकारी दिनुभयो।
बालिकाको पेटमा बच्चा राखी आरोपित हाल फरार रहेकाे र घटनाको अनुसन्धान भइरहेको डिएसपी भट्टराईले बताउनुभयो । पीडित बालिकाले असाेज ९ गते बच्चा जन्माएकी थिइ्न ।
पीडित बालिकाको असोज १४ गते जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण भएको जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहराले बताउनुभयो ।