INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला

४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ ।

जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले कसूर ठहर गरी तीन वर्ष कैद सजाय र ३० हजार रुपियाँ जरिवाना भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका शाखा अधिकृत नवराज पाण्डेले बताउनु भयो ।

पीडित महिलालाई २०७९ मङ्सिर १० गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले ०८० वैशाख ६ गते ईलाका प्रहरी कार्यालय, लम्कीमा उजुरी दिनुभएको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जबरजस्तीकरणी अन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले वैशाख २९ गते आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण ०८० वैशाख ६ गते टिकापुर अस्पताल, टिकापुरमा गरिएको थियो ।

अन्य

भिडियो