बाणगङ्गा नगरपालिका–४ स्थित जीतपुर चौकमा बेसाहरा अवस्थामा सडकमा बस्दै आएकी अन्दाजी ३० वर्षीया एक महिलालाई इन्सेकको पहलमा असोज ७ गते मानव सेवा आश्रम, रुपन्देहीमा राखिएको छ ।
जितपुर चोकको दक्षिणतर्फको सडकको छेउमा खुला आकाशमुनि बेवारिसे अवस्थामा बस्दै आएकी महिलालाई इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यले इलाका प्रहरी कार्यालय, पिपरा र मानव सेवा आश्रम बुटवलसँगको समन्वयमा गरे पश्चात महिलालाई इन्सेक र इलाका प्रहरी कार्यालय पिपराको रोहवरमा आश्रममा लगेको हो ।
आफ्नो नाम बिस्नु राना भाट बताउने र नारायणघाट १६ नम्बर बताउने सही ठेगाना बताउन नसक्ने महिलालाई उद्धार गरिएको हो ।