यशोधरा गाउँपालिका– १ की २२ वर्षीया नसिमा खातुनको हत्या गरेको आरोपमा मृतकका माइती पक्षले मृतकका पति २६ वर्षीय प्रवेज आलम मुसलमान र सासु ४५ वर्षीया साजमा खातुनविरूद्ध असोज ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् ।
प्रवेजले असोज २ गते नसिमा सुत्ने कोठाको खाटमा मृत अवस्थामा भेट्टिएको भन्दै माइती पक्ष र प्रहरीमा जानकारी गराएका थिए ।
घटना शङ्काष्पद देखिए पछि प्रहरीले मृतकका पति र सासुलाई अनुसन्धानका लागि असोज २ गतेनै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर थापाले बताउनु भयो ।
मृतककी आमा आसिया खातुनले दिएको उजुरीका आधारमा थप अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिनु भयो ।
शवको पोष्टमार्टम असोज ३ गते कपिलवस्तु अस्पताल, तौलिहवामा गरी आमालाई बुझाइएको थियो ।