नेपाल पत्रकार महासंघ शाखा जुम्लाकी उपाध्यक्ष पत्रकार २९ वर्षीया दिलमाया शाहीलाई समाचार लेखेको भरमा सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा कनकासुन्दरी गाउँपालिका – १ का २७ वर्षीय प्रविण बुढालाई प्रहरीले असोज १ गते भारतीवाडाबाट गिरफ्तार गरेको छ ।
पत्रकार शाहीले महिला जागरण अनलाईनमा यि हुन जुम्लाका जरिवानामा परेका औषधी पसलहरु भने शिर्षकमा लेख्नु भएको थियो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय नेपालगन्ज बाँके, जिल्ला प्रशासन कार्यालय जुम्ला र घरेलु तथा साना उद्योग कार्यालय जुम्लाले सयुक्त अनुगमन गरी ओम मनिष पोलिक्लिनिक एण्ड रेफरल सेन्टरलाई ५० हजार रुपिँया, चन्दननाथ ओैषधी पसललाई ५० हजार रुपिँया र कर्णाली मेडिकललाई २० हजार रुपिँया जरिबाना गरेको थियो ।
आरोपित प्रविन बुढाले सामाजिक संजाल फेसबुकमा अपशब्द भाषा प्रयोग गरी गालीगलौज गरेपछि पीडितले भदौ ३१ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएको पीडित शाहीले बताउनु भयो ।
गालीगलौज गर्ने व्यक्तिलाई गिरफ्तार गरेका छौ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,जुम्लाका इन्स्पेक्टर उमेश चन्दले बताउनुभयो