INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकारलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरोपित गिरफ्तार

नेपाल पत्रकार महासंघ शाखा जुम्लाकी उपाध्यक्ष पत्रकार २९ वर्षीया दिलमाया शाहीलाई समाचार लेखेको भरमा सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा कनकासुन्दरी गाउँपालिका – १ का २७ वर्षीय प्रविण बुढालाई प्रहरीले असोज १ गते भारतीवाडाबाट गिरफ्तार गरेको छ ।

पत्रकार शाहीले महिला जागरण अनलाईनमा यि हुन जुम्लाका जरिवानामा परेका औषधी पसलहरु भने शिर्षकमा लेख्नु भएको थियो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय नेपालगन्ज बाँके, जिल्ला प्रशासन कार्यालय जुम्ला  र घरेलु तथा साना उद्योग कार्यालय जुम्लाले  सयुक्त अनुगमन गरी ओम मनिष पोलिक्लिनिक एण्ड रेफरल सेन्टरलाई ५० हजार रुपिँया, चन्दननाथ ओैषधी पसललाई ५० हजार रुपिँया र कर्णाली मेडिकललाई २० हजार रुपिँया जरिबाना गरेको थियो ।

आरोपित प्रविन बुढाले सामाजिक संजाल फेसबुकमा अपशब्द भाषा प्रयोग गरी गालीगलौज गरेपछि पीडितले भदौ ३१ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएको पीडित शाहीले बताउनु भयो ।

गालीगलौज गर्ने व्यक्तिलाई गिरफ्तार गरेका छौ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,जुम्लाका इन्स्पेक्टर उमेश चन्दले बताउनुभयो

अन्य

भिडियो