बलात्कार कसुरमा सजाय ठहर भएका फरार आरोपित कृष्णनगर नगरपालिका– ८ बहादुरगञ्जका ४२ वर्षीय राजु यादवलाई प्रहरीले भदौ २५ गते कृष्णनगर बजारबाट गिरफ्तार गरेको छ ।
१२ वर्षीया बालिकालाई आरोपितले ०७८ साउन २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
घटना पछि फरार रहेका यादवलाई जिल्ला अदालतले ०७८ पुस २५ गते बलात्कार कसुर ठहर गर्दै १ वर्ष ११ महिना आठ दिन कैद र २० हजार रूपियाँ जरिबानाको फैसला गरेको थियो ।
आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका डीएसपी गंगाबहादुर थापाले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परिक्षण ०७८ साउन २८ गते शिवराज अस्पताल, बहादुरगञ्जमा गरिएको थियो ।