गोसाइकुण्ड गाउँपालिका-६, धुन्चेकी ७० वर्षीया सीता विश्वकर्माको घरायसी विवादमा कुटपिट गरी हत्या गरेको आरोपमा पति ७१ वर्षीय सुकलाल विश्वकर्मालाई प्रहरीले ०८० भदौ २६ गते गिरफ्तार गरेको छ ।
आरोपित विश्वकर्माविरुद्ध पीडित पक्षले भदौ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास बुढाथोकीका अनुसार आरोपितले भदौ २५ गते मदिरा सेवान गरी घरायसी विवाद हुँदा पत्नीलाई लाठ्ठी प्रहार गरी कुटपिट गरेका थिए । उक्त कुटपिटबाट पीडितको घटनास्थलमा नै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
शवको पोष्टमार्टम भदौ २६ गते रसुवा जिल्ला अस्पताल, धुन्चेमा भयो ।