INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०८० भदौ २५ गते राप्ती नगरपालिका-५ का ५० वर्षीय लालु प्रसाद यादवलाई दुई महिना कैद सजाय, २५ हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति र पीडित राहत कोषमा २ सय रुपियाँ भराउने फैसला सुनाएको छ ।

पीडित बालिकालाई यादवले ०८० असार ५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असार ६ गते उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण असार ६ गते भरतपुर अस्पतालमा भयो । यादव सोही दिन गिरफ्तार भएका थिए । जिल्ला अदालतको आदेशले यादव असार २४ गते ३० हजार रुपियाँ धरौटीमा रिहा भएका थिए ।

अन्य

भिडियो