११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०८० भदौ २५ गते राप्ती नगरपालिका-५ का ५० वर्षीय लालु प्रसाद यादवलाई दुई महिना कैद सजाय, २५ हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति र पीडित राहत कोषमा २ सय रुपियाँ भराउने फैसला सुनाएको छ ।
पीडित बालिकालाई यादवले ०८० असार ५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असार ६ गते उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण असार ६ गते भरतपुर अस्पतालमा भयो । यादव सोही दिन गिरफ्तार भएका थिए । जिल्ला अदालतको आदेशले यादव असार २४ गते ३० हजार रुपियाँ धरौटीमा रिहा भएका थिए ।