२७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा लालबन्दी नगरपालिका–७ का ३४ वर्षीय रामे भन्ने रामबहादुर पराजुली र सोही ठाउँका ३६ वर्षीय सुमन विश्वकर्मालाई जिल्ला अदालतले भदौ १९ गते तीन/तीन महिना कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश कपिलमणी गौतमको इजलासले आरोपित दुवै जनालाई तीन/तीन महिना कैद र ३० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिने गरी मुद्दाको फैसला सुनाएको अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो ।
पीडितलाई आरोपितहरूले ०७७ भदौ ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितहरू विरुद्ध इलाका प्रहरी कार्यालय लालबन्दीमा असोज ११ गते उजुरी दिनु भएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असोज १२ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भएको थियो ।
आरोपितहरू पुर्पक्षका लागी सिन्धुली जिल्ला कारागारमा रहेको स्रेस्तेदार अधिकारीले जानकारी दिनु भयो ।