INSEC Online

📅 २०८३ जेष्ठ २१

धरानमा प्रशासनद्वारा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय, सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

धरानमा धार्मिक विवाद देखिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले भदौ ८ गते राति १२ बजेबाट भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी भएको हो ।

धरानमा भदौ ९ गते हिन्दू अभियान्ताले गोरु काटेको र मन्दिर अगाडि चर्च बनाएको विरोधमा प्रदर्शन गर्ने तयारी गरेको छ ।

आफ्नो संस्कृति मनाउन पाउनुपर्ने भन्दै अर्काे समूहले पनि भदौ ९ गते प्रदर्शनको घोषणा गरेको छ ।

पक्ष विपक्षले एकै पटक आन्दोलन घोषणा गरेपछि स्थीति नियन्त्रणमा लिन प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी प्रभु ढकालका अनुसार धरान प्रवेशको नाकामा पनि कडाई गरिएको छ । कडाई गरिएका क्षेत्रमा पनि निषेधाज्ञा जारी भएको छ ।

पछिल्लो समय धरान प्रवेशको नाकामा कडाई गरिएको छ ।

धरानको प्रवेश नाका तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता अपनाइएको छ ।

‘हामीले सबैपक्षसँग छलफल गरेका छौं, धरानको आग्रह बाहिरबाट प्रदर्शनमा नआउनुहोस् भन्नेछ,’ डीएसपी ढकालले भन्नु भयो ,‘ उच्च सुरक्षा सतर्कता अपनाएका छौं ।’

भारतबाट समेत ‘गहुँत छर्कने कार्यक्रम’का लागि मानिस आउन थालेको सूचना पाएपछि प्रशासनले झापा मोरङ र सुनसरीको सीमा क्षेत्रमा पनि कडाई गरेको प्रहरी स्रोतले बताएको छ ।

अन्य

भिडियो