INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

मानव बेचबिखन प्रयास घटनाका आरोपित सिन्धुली जिल्लाकाे कमलामाई नगरपालिका–५ कमलामाई का ३६ वर्षीय दिपमान खड्कालाई भदौ ३ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवाले गिरफ्तार गरेको छ ।

आरोपित खड्काले दुई जना महिलालाई रोजगारीको प्रलोभन देखाई भारत तर्फ लग्दै गरेको आवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीको विशेष टोलीले बेचबिखन प्रयास गरेको आसङ्कामा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।

आरोपित खड्काविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा ०८० भदौ ५ गते दर्ता भएको र सोही दिन जिल्ला अदालतबाट तीन दिनको म्याद थप गराई आवश्यक अनुसन्धान गरिरहेको डिएसपी थारुले जानकारी दिनु भयो । घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता हुन सक्ने उहाँले बताउनु भयो ।

अन्य

भिडियो