जोखिमपूर्ण काममा रहेका १३ वर्षीय बालकलाई भारतको गोण्डाबाट उद्धार गरेर भदौ ४ गते परिवारको जिम्मा लगाइएको छ ।
मायादेवी गाउँपालिका–२ बस्ने १३ वर्षीय अजहर मुसलमानलाई भारतको गोण्डाबाट भदौ २ गते उद्धार गरिएको शान्ति पुनर्स्थापना गृह कृष्णनगरले जनाएको छ ।
बालक घरबाट हराएपछि मानव बेचबिखन तथा ओसारपसारविरूद्ध काम गर्ने सङ्घ संस्था, प्रहरी, प्रशासनलगायत विभिन्न संघ संस्थालाई खोजिदिन बालकका आफन्तले आग्रह गरेका थिए ।
उक्त गृहका सुपरभाइजर डिल्लीराज तिमिल्सिनाका अनुसार बिशेष सूचनाको आधारमा सिडब्लुसी बस्ती भारतको बेवारको सहयोगमा उनलाई उद्धार गरिएको हो ।
भारतमास्थित नेपाली दुतावास र हेल्प क्रस तुरुस्त देहरादुनको सहयोग र बाल गृह भारतको समन्वयमा शान्ति पूनर स्र्थापना गृह कपिलवस्तुले प्रहरीमार्फत परिवारको जिम्मा लगाइएको गृहका संयोजक बसन्ती जिसीले जानकारी दिनु भयो ।
बालक भारत कसरी पुगे भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मीनबहादुर घलेले बताउनु भयाे ।