INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले  १७ वर्षीय बालकलाई साउन ३१ गते गिरफ्तार गरेको छ ।

बालिकालाई ०७९ साउन २६ गते यौन दुव्र्यवहार गरेको आरोपमा पीडितले आरोपित विरुद्ध साउन ३१ गते जिल्ला प्रहरी कार्यालय, दैलेखमा उजुरी दिनुभएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३१ गते जिल्ला अस्पतालमा भएकाे थियाे ।

दैलेख जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर  दिपकसिंह बिष्टले बताउनुभयो ।

अन्य

भिडियो