चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई साउन ३१ गते गिरफ्तार गरेको छ ।
बालिकालाई ०७९ साउन २६ गते यौन दुव्र्यवहार गरेको आरोपमा पीडितले आरोपित विरुद्ध साउन ३१ गते जिल्ला प्रहरी कार्यालय, दैलेखमा उजुरी दिनुभएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३१ गते जिल्ला अस्पतालमा भएकाे थियाे ।
दैलेख जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिपकसिंह बिष्टले बताउनुभयो ।