बढैयाताल गाउँपालिका–१ सानोडाँफेकी ४० वर्षीया केशकुमारी बिकलाई धारिलो हतियारले हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीय पति कृपाल बिकलाई साउन ३२ गते गिरफ्तार गरेको छ । केशकुमारीलाई आरोपितले साउन ३२ गते दिउँसो २ बजे घरदेखि ५ सय मिटरको दुरीमा रहेको जुहारीलाल ऐरीको धान खेतमा घाँस काटिरहेका बेला पछाडिबाट धारिलो हतियारले घाँटीमा प्रहार गरेको प्रहरीले जनायो ।
सुरुमा धारिलो हतियारले प्रहार गरेपछि त्यहाँ खेतमा रहेको पानीमा थिचेर हत्या गरेको घटनास्थलमा देखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मतबहादुर बोहोरा जानकारी दिनु भयो । शव पोष्टमार्टमका लागि बर्दिया अस्पताल गुलरियामा राखिएको छिमेकी विशाल टमाटाले जानकारी दिनु भएको छ ।