INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले कृष्णनगर नगरपालिका– ११ का ४० वर्षीय कोठारी कुर्मीविरूद्ध साउन २४ गते इलाका प्रहरी कार्यालय, गणेशपुरमा उजुरी दर्ता गराएका छन् ।

पीडितलाई आरोपितले साउन २२ गते  बलात्कार गरेको भन्दै उजुरी दिएको र आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मिनबहादुर घलेले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २३ गते शिवराज अस्पताल, बहादुरगञ्जमा गरिएको छ ।

अन्य

भिडियो