यस आर्थिक वर्षमा बागलुङमा गम्भीरर प्रकृतिका लैङ्गिक हिंसाका घटनामा१ सय २२ जना पीडित भएको भएको
धौलागिरी अस्पतालमा स्थापित एकद्वार संकट व्यवस्थापन केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०७६/७७ मा ८७, आर्थिक वर्ष २०७७/७८ मा ८७, आर्थिक वर्ष २०७८/७९ मा ९१ र आर्थिक वर्ष २०७९/८० मा १ सय २२ लैङ्गिक हिंसा पीडित व्यवस्थापन केन्द्रमा पुगेको धौलागिरी एकद्वार संकट व्यवस्थापन केन्द्रका प्रमुख परामर्शदाता देवी भट्टराईले जानकारी दिनुभयो ।
भट्टराईका अनुसार लैङ्गिक हिंसाका पीडितहरूलाई गोप्य रूपमा परामर्श तथा उपचार प्रदान गरिन्छ । धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिरटेण्डेन्ट डा. रविरन्जन प्रधानले बलात्कार, जबरजस्ती विवाह, पितृसत्तात्मक सोच, मनोवैज्ञानिक असरका साथै आफन्तजनबाटलैङ्गिक हिंसाका घटना हुने गरेको बताउनुभयो । दलित समुदायमा लैङ्गिक हिंसाका घटना बढी भएको तथ्याङ्कले देखाएको छ ।
महिला अधिकारकर्मी लक्ष्मीदेवी जिसी कार्कीले दलित, आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगहरूमा मात्र नभएर पछिल्लो समय शहर बजारमा पनि फरक प्रकृतिका हिंसाका घटना सार्वजनिक हुन थालेको बताउनु भयो । ‘पछिल्लो समय शारिरीक भन्दा मानसिक यातना भोगेका हिंसा पीडितको संख्या बढ्दो छ ।’
जनप्रतिनिधिले जनताको विश्वास जित्न नसकेकै कारण कमजोर आर्थिक अवस्था भएका महिलाहरूमा न्यायको पहुँचमा पुग्न नसकेको अधिवक्ता राम शर्माले बताउनु भयो । सदरमुकाममा नि:शुल्क उपचार गरिने भए पनि आर्थिक अभावका कारण पीडित सदरमुकामसम्म पुग्न सक्दैनन् । शर्माले भन्नुभयो । ।