१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सम्मरीमाई गाउँपालिका–२ मझगाँवाका २२ वर्षीय सलमान खानविरूद्ध साउन १४ गते जिल्ला प्रहरी कार्यालय उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले साउन २ गते बलात्कार गरेको भन्दै उजुरी दिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १४ गते भीम अस्पताल, भैरहवामा गरिएकोे छ ।