४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले शिवराज नगरपालिका –५ का ४५ वर्षीय लेखनाथ पौडेल र सोही ठाउँका ३० वर्षीय भुवन पाण्डेविरूद्ध साउन १५ गते वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएका छन् ।
पीडितलाई आरोपितद्वयले साउन १३ गते बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएको र आरोपितहरू फरार रहेकोले खाजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका कपिलवस्तुका डिएसपी मिनबहादुर घलेले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १४ गते शिवराज अस्पताल बहादुरगञ्जमा गरिएको छ ।