मंगला गाउँपालिका–१ की २७ वर्षीया शोभा पौडेललाई कुटपिट गरेको आरोपमा ३३ वर्षीय पति अश्वीन पौडेललाई प्रहरीले साउन ५ गते बेनी नगरपालिका–७ बाट गिरफ्तार गरेको छ ।
पीडित महिलाले आफुलाई पतिले २०८० साउन ३ गते बेलुका कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय म्याग्दीमा साउन ५ गते दिएको उजुरीका आधारमा प्रहरीले अश्वीन पौडेललाई गिरफ्तार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहार शिर्षकमा ८ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्सपेक्टर किरण लामाले जानकारी दिनुभयो ।
पीडित महिलालाई साउन ४ गते बेनी अस्पतालमा भर्ना गरी २४ घण्टा निगरानीमा उपचार पछि साउन ५ गते डिस्चार्ज गरीएको बेनी अस्पतालले जनाएको छ ।