१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश निर्मला सुवेदीको इजलासले ०८० असार २९ गते रत्ननगर नगरपालिका-१२ का ४० वर्षीय सुदिप खत्री दाहाललाई एक वर्ष कैद सजाय, १० हजार रुपियाँ जरिवाना र पीडितलाई २० हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला सुनाएको छ ।
पीडित बालिकालाई दाहालले ०७९ चैत ४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत ५ गते उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण चैत ५ गते भरतपुर अस्पतालमा भयो । दाहाल सोही दिन गिरफ्तार भएका थिए ।
घटनामा संलग्न दाहाललाई जिल्ला अदालतले ०७९ चैत २४ गते पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।