INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजाय फैसला

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश निर्मला सुवेदीको इजलासले ०८० असार २९ गते रत्ननगर नगरपालिका-१२ का ४० वर्षीय सुदिप खत्री दाहाललाई एक वर्ष कैद सजाय, १० हजार रुपियाँ जरिवाना र पीडितलाई २० हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला सुनाएको छ ।

पीडित बालिकालाई दाहालले ०७९ चैत ४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत ५ गते उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण चैत ५ गते भरतपुर अस्पतालमा भयो । दाहाल सोही दिन गिरफ्तार भएका थिए ।

घटनामा संलग्न दाहाललाई जिल्ला अदालतले ०७९ चैत २४ गते पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।

अन्य

भिडियो