INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले अर्जुनधारा नगरपालिका–७ का ५४ वर्षीय टेम्पा माली सातारलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश ईश्वरमणि ओझाको असार २७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ५ लाख रुपियाँ जरिबाना र १ हजार ८ सय रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद गुराँगाइले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७८ चैत १५ गते बलात्कार गरेको आरोपमा गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०७९ असार ३१ गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएको थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले असार ३१ गते गिरफ्तार गरी सरकारी वकिलको कार्यालयमार्फत साउन २२ गते जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश ओमबहादुर सोडारीको साउन २३ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा ०७९ असार ३१ गते गरिएको थियो ।

अन्य

भिडियो