INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितलाई नौ वर्ष कैद सजाय

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले गोलबजार नगरपालिका–६ का ३० वर्षीय रोशन लामालाई नौ वर्ष कैद सजायको फैसला असार २६ गते गरेको छ ।

जिल्ला अदालतका न्याधीश लिलाराज अधिकारीको एकल इजलासले सो फैसला गरेको हो । पीडितलाई ५० हजार रुपियाँ क्षतीपूर्ती दिने समेत फैसला भएको हो । आरोपितले बालिकालाई ०७८ साउन ३१ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय गोलबजारमा साउन ३१ गते उजुरी दिएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन ३१ गते भएको थियो । इलाका प्रहरी कार्यालय गोलबजारले आरोपितलाई साउन ३१ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतको आदेशमा आरोपित भदौ २५ गते देखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।

अन्य

भिडियो