INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाको कसुरमा कैद सजाय

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १५ वर्षीय बालकलाई असार २६ गते १ वर्ष ६ महिना कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासबाट बालबिज्याईकर्ता बालकलाई १ वर्ष ६ महिना कैद गर्ने, १५ हजार रुपियाँ जरिवाना तिराउने, ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने र फौजदारी कसुर पीडित राहत कोषमा ६ सय रुपियाँ जम्मा गर्न लगाउने फैसला भएको इजलास अधिकृत कुमार सुबेदीले बताउनु भयो । सुबेदीका अनुसार बाल यौन दुरुपयोगको कसुरमा अदालतले ३ वर्ष कैद सजाय ठहर गरेपनि बालबालिका सम्बन्धी ऐन ३६ (३) अनुसार बिज्याईकर्ता बालकलाई आधा कैद सजाय मात्र गर्ने भएको हो ।

बालकले हनुमाननगर कंकालिनी नगरपालिका–७ स्थित कोशी बाँधको डिलमा २०७९ वैशाख २९ गते साँझ बलात्कार गरेको भन्दै पीडितकी हजुरआमाले जिल्ला प्रहरी कार्यालयमा वैशाख ३० गते उजुरी दिनुभएको थियो । हनुमाननगर बजारबाट कोशी बाँधको डिल हुँदै घर फर्किरहेका बेला बाटोमा समातेर नियन्त्रणमा लिई बलात्कार गरेको पीडितले बताउनु भएको थियो ।

प्रहरीले आरोपितलाई ०७९ वैशाख ३० गते नै गिरफ्तार गरेको थियो । पीडित र आरोपित बालकको स्वास्थ्य परीक्षण सोही दिन गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भयो ।

जिल्ला प्रहरी कार्यालयले ०८० जेठ ३ गते उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतमा ०७९ जेठ १९ गते अभियोग पत्र दायर भएकोमा जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले बिज्याईकर्ता बालक जेठ २० गतेदेखि बालसुधार गृह विरगञ्जमा थिए ।

अन्य

भिडियो