INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ३३ वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ५० वर्षीय एक बाबुलाई ३३ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको असार २५ गतेको इजलासले छोरीलाई बलात्कार गरेको कसुरमा कैद सजायको आदेश भएको अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले बताउनु भयो ।

हाडनाताकरणीमा २५ वर्ष र पीडितको उमेर अनुसार हुने सजायमा आठ वर्ष गरी ३३ वर्ष कैद सजाय भएको सूचना अधिकारी न्यौपानेले बताउनु भयो ।

पीडित बालिकालाई ०७९ चैत १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपित बाबुलाई चैत २१ गते गिरफ्तार गरी सरकारी वकिलको कार्यालयमार्फत ०८० वैशाख १७ गते जिल्ला अदालतमा हाडनाताकरणी शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको वैशाख १९ गतेको इजलासले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ चैत २१ गते गरिएको थियो ।

अन्य

भिडियो