६ वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरेको कसूरमा भारत उत्तरप्रदेश, रामपुर निवासी धनगढी उपमहानगरपालिका–१३ राजपुर डेरा गरी बस्ने ४८ वर्षीय रीजवान खानलाई जिल्ला अदातल, कैलालीले असार १४ गते एक वर्ष कैद सजायको फैसला गरको छ ।
जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले कसूर ठहर गरी एक वर्ष कैद सजाय र २० हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका शाखा अधिकृत नवराज पाण्डेले बताउनु भयो ।
पीडित बालिकालाई २०७९ चैत १० गते आरोपितले ललाईफकाई याैन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत १३ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिनुभएको थियो ।
प्रहरीले आरोपितलाई सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा जबरजस्तीकरणी उद्योग अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले २०८० वैशाख २३ गते दिएको आदेशमा आरोपितलाई पुर्पक्षका लागि कारागार थुनामा पठाइएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण २०७९ चैत १३ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।